उपचारको क्रममा कैदीबन्दीको मृत्यु

२०८२ मंसिर २६, शुक्रबार

पर्सा : वीरगञ्ज कारागारमा कैदभुक्तान गर्दै आएका एक जना कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा वीरगञ्ज महानगर–१२ मुर्लीका ३७ वर्षीय अनिल महतो रहेका छन् । वीरगञ्ज कारागारका प्रशासक बाबुलाल रेग्मीले उपचारका क्रममा एक जना सवारी ज्यान मुद्दाका कैदीबन्दी महतोको मृत्यु भएको जानकारी दिए । “कैदीबन्दीलाई स्वास्थ्यमा अप्ठ्यारो हुने बित्तिकै नारायणी अस्पतालमा पुर्याएका थियौँ । तर, उनको उपचारका क्रममा मृत्यु भएको हो”, उनले भने ।

महतो सवारी ज्यान मुद्दामा अदालतबाट तीन वर्ष कैद सजाय र दुई हजार जरिवाना तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार