काठमाडौँ : एसीसी यू-१९ एसिया कप अन्तर्गत आज नेपालले बंगलादेशविरुद्ध ब्याटिङ गर्ने भएको छ ।
बंगलादेश यू–१९ टिमले टस जित्दै आफूले फिल्डिङ रोजेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
दुबईमा जारी प्रतियोगितामा पहिलो खेल श्रीलंकासँग ८ विकेटले पराजित भएको नेपाल आजको खेलमा कमब्याक गर्न चाहन्छ ।
समूह ‘बी’मा नेपालले तेस्रो खेल भने अफगानिस्तानसँग बुधबार समूह चरणको अन्तिम खेल खेल्नेछ ।
नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । श्रीलंका र बंगलादेशले एक एक खेल जितेका छन् भने नेपाल र अफगानिस्तान जितविहीन छन् । यही समूहमा अहिले अफगानिस्तान र श्रीलंकाबीच खेल जारी छ ।








