ओली पक्षबाट महासचिवमा शंकर पोखरेल उम्मेदवार

२०८२ मंसिर २९, सोमबार

काठमाडौं : नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीले महासचिवमा शंकर पोखरेललाई नै बनाउने भएका छन्।

एमालेको निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि शीर्ष नेताबिच छलफल पश्चात उनले पोखरेललाई नै महासचिवको उम्मेदवार बनाउन लागेको स्रोतको भनाई छ। महासचिवका लागि उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङको पनि दाबी थियो। उनीहरुलाई उपाध्यक्षमा लैजाने ओलीको तयारी छ।

आइतबार भृकुटी महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरूको सुझावअनुसार सहमतिका लागि अन्तिमसम्म प्रयत्न गरिने जानकारी दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार