उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिन्छु : राजेन्द्र गौतम

२०८२ मंसिर २९, सोमबार

काठमाडौँ : नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उपमहासचिव पदमा उम्मेदवारी दिने बताएका छन्।

केपी शर्मा ओलीनिकट गौतम पदाधिकारीको कुनै पनि पदमा समेटिएका थिएनन्।

त्यसपछि उनले उपमहासचिव पदमा उम्मेदवारी दर्ता गर्ने बताएका हुन्।

‘म उपमहासचिव पदमा उम्मेदवारी दिँदैछु, नेतृत्वसँग बृहत्तर छलफल भयो, चुनाव भयो भने म उपमहासचिव पदमा लड्ने हो,’ उनले भने।

ओली समूहबाट उपमहासचिव पदमा रघुवीर महासेठ, विष्णु रिमाल र लेखराज भट्ट उम्मेदवार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार