काठमाडौं : नेकपा (एमाले) नेता योगेश भट्टराईले देशको आवश्यकताअनुसार एमालेमा नयाँ नेतृत्व आउनु पर्ने बताएका छन् ।
पार्टीको ११औं महाधिवेशनस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले ‘जेनजी’ विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएकाले पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने दाबी गरे। भदौंमा भएको आन्दोलनपछि नेतृत्वप्रति धेरै प्रश्नहरू उठेको चर्चा गर्दै उनले नेतृत्व हस्तान्तरण गर्दै नयाँ टिमका साथ नेकपा एमाालेलाई अगाडि बढाउनु पर्ने उल्लेख गरे।
नेता भट्टराईले वर्तमान नेतृत्वले जनताको आकांक्षा अनुसार काम गर्न नसकेको र नेताहरुकै वरिपरी घुमेको आरोप पनि लगाए। पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ बनाउन आफूहरू प्रतिस्पर्धामा रहेको उनको भनाइ छ । भट्टराईले ईश्वर पोखरेलको प्यानलबाट उपमहासचिवमा उम्मेदवारी दर्ता गराएका छन्।








