काठमाडौं : नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।
एमालेको केन्द्रीय निर्वाचन आयोगले मतदानका लागि दिउँसो १ देखि बेलुका ७ बजेसम्मको समय निर्धारण गरेको छ । मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको तयारी छ ।
११ औं महाधिवेशन अन्तर्गत पार्टी अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । महाधिवेशनमा कुल २ हजार २६३ प्रतिनिधि सहभागी छन् ।








