एमाले महाधिवेशन : नेतृत्व चयन गर्न आज मतदान हुँदै

२०८२ पुष २, बुधबार

काठमाडौं : नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ ।

निर्वाचन कार्यतालिका अनुसार मंगलबार नै मतदान हुनुपर्ने भए पनि एक दिन सारिएको हो । मतदानका लागि प्रतिनिधिहरू भृकुटीमण्डपमा लाइनमा बसिसकेका बेला मंगलबार साँझ ७ बजे मतदान सारिएको थियो ।

मतदान आज बिहान ८ बजे सुरु गर्ने तयारी गरिएको छ । मतदान भृकुटीमण्डपमै हुनेछ तर हल परिवर्तन गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार