प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा

२०८२ पुष ३, बिहीबार

काठमाडौँ : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको हो । बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ४.४२१ प्रतिशत नगद लाभांश(करसहित) ४ प्रतिशत बोनस सेयर गरी कुल ८.४२१ प्रतिशत  लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

कम्पनीद्वारा प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार