काठमाडौँ : एमालेको ११ औँ महाधिवेशनमा नौ सचिव पदका लागि भएको निर्वाचनमा २० जनाले उमेदवारी दिएका थिए। पछिल्लो मतगणनाको परिणाम अनुसार सचिवका लागि सबभन्दा धेरै मत महेश बस्नेतले ल्याएका छन्। उनले ७ सय ८३ पाएका छन्।
दोस्रो हुने पद्माकुमारी अर्याल छिन् उनले ७७८ ल्याएकी छन्। उनीहरूदुवै बीच कसले धेरै मत ल्याउनेमा प्रतिस्पर्धा चलिरहेको छ।
त्यस्तै, तेस्रो नम्बरको मत ७६९ मत ल्याएका छन्। ७ सय ६७ मत ल्याएर शेरधन राई चौँथोमा परेका छन्। पाचौँमा खगराज अधिकारी ६८० मत ल्याएका छन्। छैटौँमा हिक्मत कार्की ६७२, आठौँमा यामलाल कँडेल ६२६, नवौँमा राजन भट्टराई ६८१ मतका साथ अग्रस्थानमा छन्।
हेरौँ सचिवमा कसले कति पाएका छन् मत :
अग्निप्रसाद खरेल : ३७७
ईन्द्रलाल साप्कोटा : २०९
कर्णबहादुर थापा : ४४४
कृष्णगोपाल श्रेष्ठ : ३२५
खगराज अधिकारी : ६८०
गोकुलप्रसाद बास्कोटा : ५२८
छविलाल विश्वकर्मा : ७६९
ठाकुरप्रसाद गैरे : ४६२
पद्माकुमारी अर्याल : ७७८
पुरुषाेत्तम पौडेल : २३०
पेम्बा लामा : २५५
भानुभक्त ढकाल : ५५२
महेश बस्नेत : ७८३
यामलाल कंडेल : ६२६
रचना खड्का : ४५९
राजन भट्टराई : ५८१
लालबाबु पण्डित : ३९९
विनोदप्रसाद ढकाल : ३५५
शेरधन राई : ७६७
हिक्मतकुमार कार्की : ६७२





