काठमाडौं : नेकपा (एमाले)को एघारौँ महाधिवेशनबाट निर्वाचिन नयाँ केन्द्रीय कमिटीमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई दोस्रो वरियतामा राखिएको छ ।
एमालेको एघारौँ महाधिवेशनपछि शुक्रवार नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बसेको छ । कार्की ब्यांकेटमा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीपछि बादललाई दोस्रो वरियतामा राखिएको छ ।
अध्यक्षको ओलीको दाहिनेतिर पहिलो नम्बरमा बादल बसेका छन् । त्यसपछि क्रमशः विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।





