रेलसँग हात्तीको बथान ठोक्किँदा ८ हात्तीको मृत्यु

२०८२ पुष ५, शनिबार

काठमाडौँ : भारतको असमस्थित होजाई जिल्लामा शनिबार बिहानै एउटा ठुलो रेल दुर्घटना भएको छ।

तीव्र गतिमा गुडिरहेको रेलसँग हात्तीको बथान ठोक्किँदा आठवटा हात्तीको घटनास्थलमै मृत्यु भएको छ भने एउटा हात्ती गम्भीर घाइते भएको छ। हात्तीलाई ठक्कर दिएपछि रेलको इन्जिनसहित पाँचवटा डिब्बा पटरीबाट खसेर दुर्घटनाग्रस्त भएका छन्। नर्थ इस्ट फ्रन्टियर रेलवे (एनएफआर) का अनुसार नयाँ दिल्लीतर्फ जाँदै गरेको उक्त रेल राति करिब २:१७ बजे दुर्घटनामा परेको हो।

रेलवे प्रवक्ताले घटनाप्रति दुःख व्यक्त गर्दै रेलमा सवार कुनै पनि यात्रीलाई चोटपटक नलागेको पुष्टि गरेका छन्। रेलका चालकले हात्तीको बथान देख्ने बित्तिकै आपत्कालीन ब्रेक लगाए पनि दूरी कम भएका कारण ठक्कर खानबाट बचाउन नसकिएको रेलवेको दाबी छ।

रेलवे प्रशासनले जारी गरेको आधिकारिक बयानमा यो दुर्घटना हात्ती हिँड्ने निश्चित गरिएको ‘कोरिडोर’ क्षेत्रमा नभई अन्यत्रै भएको उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार