काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले फुट्न नदिने बताएकी छिन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संघर्ष भने जारी रहने प्रतिक्रिया दिएकी छिन् ।
शनिबार प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा उनले यस्तो बताएकी छिन् । उनले गत साउन ४ गतेदेखि केपी ओलीसँग बोलचाल बन्द रहेको पनि खुलासा गरिन् । उनले भनेकी छिन्–‘मैले उहाँलाई बधाई पनि फेशबुकमार्फत दिएको छु । उहाँलेपनि टेलिफोन गरेको छैन । मैले पनि गरेको छैन ।’
उनले नयाँ दल खोल्ने कुरा सोच्नपनि नसक्ने बताएकी छिन् । तर, आफू सक्रिय राजनीतिमा रहिरहने उनको प्रण छ ।





