मधेशको सभामुखमा जसपा नेपालका यादव निर्वाचित

२०८२ पुष ६, आईतवार

जनकपुरधाम : मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी जसपा नेपालका रामअशिष यादव निर्वाचित भएका छन् ।

आज सम्पन्न प्रदेशसभा बैठकमा सातदलीय गठबन्धनबाट उम्मेदवार रहेका यादवले ९६ सांसद उपस्थितमध्ये ७२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । विपक्षमा २४ मत परेको थियो।

उपसभामुख बबिता राउत इशरले यादवको निर्वाचित घोषणा गरिन् । यादवलाई सभामुखमा चयन गर्न नेपाली काँग्रेसका सांसद विरेन्द्र प्रसाद सिंहले प्रस्ताव गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार