माइतीघरमा बढाइयो सुरक्षा तैनाथी

२०८२ पुष ७, सोमबार

काठमाडौँ : जेन-जी प्रदर्शनलाई ध्यान दिँदै काठमाडौंका विभिन्न क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ । विशेषगरी माइतीघर मण्डलामा प्रहरी तैनाथी बढाइएको छ ।

मिराज ढुंगाना, रविकिरण हमालसहितकका जेन-जी समूहले आजदेखि ‘संयुक्त जेन-जी आन्दोलन’ घोषणा गरेर प्रदर्शनको तयारी गरेका छन् । माइतीघरमा अहिले प्रदर्शनकारी आइसकेका छैनन् ।

तर, जिल्ला प्रशासन कार्यालयबाट प्रदर्शनको लागि अनुमति नलिएकोले नियन्त्रण गर्ने प्रहरीले बताएको छ ।

काठमाडौं प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले भने, ‘उहाँहरू आएर त्यहीँ मात्रै बस्ने हो भने पनि जिल्ला प्रशासनबाट अनुमति लिनुपर्ने थियो, नलिएका कारण हामी अगाडि बढ्न दिँदैनौ ।’

भदौ २३-२४ को आन्दोलन र यसले उठाएको मागप्रति सुशीला कार्की नेतृत्वको सरकारले बेवास्ता गरेको र सय दिनमा जनताले महसुस गर्ने गरी कुनै काम नभएको भन्दै मिराजको समूहले आन्दोलनको घोषणा गरेको हो । यो समूहले सर्वपक्षीय सरकार गठनको माग गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार