केपी ओलीले लगाएको गुन अदालत धाएर तिर्दै छु : रवि लामिछाने

२०८२ पुष ७, सोमबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको ‘गुन’ अदालत धाएर तिरिरहेको टिप्पणी गरेका छन्।

सोमबार काठमाडौं जिल्ला अदालतमा तारिख बुझाएर फर्कने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले ओलीको अभिव्यक्तिप्रति व्यंग्य गरेका हुन्।

अदालत परिसरबाट बाहिरिने क्रममा लामिछानेले भने,‘केपी ओलीले गुन लगाएको भन्नु भएको छ । त्यही गुन तिर्न अदालत धाइरहेको छु । सबै जिल्लामा महिनाको सातै दिन म जानुपर्ने छ,’ उनले भने, ‘जीउमा किला ठोकेजस्तो भएको छ अन्य अदालतमा जाँदैछु हाँजिर गर्नुपर्नेछ । म आज यहाँ आएँ अब एक हप्ताभित्र अन्यत्र पनि जाँदैछु । बिख शरीरभरि बाँकी नै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार