नवीन समझदारी गरेर अघि बढौँ : राजेन्द्र गुरुङ

२०८२ पुष ७, सोमबार

काठमाडौँ : राप्रपाका नेता राजेन्द्र गुरुङले राजा, राजनीतिक दल र जनेजीबिच नवीन सहमति गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

सोमबार सिंहदरबारमा भएको सर्वपक्षीय छलफलमा नेता गुरुङले राप्रपाले अघि सारेको नवीन मार्गचित्रमा सहमति नगरी हुने निर्वाचनले निकास नदिने बताए । ‘निर्वाचन के का लागि भन्ने बोध गर्नुपर्छ । अनुभवी र राज्य सञ्चालन गरेका अनुहारबाट फागुन २१ को निर्वाचनमा शङ्का उपशङ्का गरेको सुनियो’, उनले भने, ‘भदौ २३ ले एउटा सङ्केत दिएको छ नयाँ र पुराबिच समझदारी आवश्यक छ ।’

उनले भदौ २३ को आन्दोलनको बुझाइका बारेमा सबै राजनीतिक दलहरू गम्भीर हुनुपर्नेमा जोड दिँदै असन्तुष्टि र आक्रोश विद्रोहको रूपमा सडकमा देखिएकाले युवाहरू देशद्रोही होइनन् भन्ने बुझ्न सक्नुपर्ने बताए ।

‘मुलुकलाई नवीन समझदारीमार्फत निकास दिनुपर्छ । निषेधको राजनीति त्यागौँ । राप्रपाले पेस गरेको नवीन समझदारीको प्रस्ताव राजा, राजनीतिक दल र सरकार बिचमा सहमति गरौँ र अघि बढौँ’, गुरुङको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार