ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु

२०८२ पुष ९, बुधबार

काठमाडौँ : कपिलवस्तुको तौलिहवा–भैरहवा सडकखण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।

मायादेवी गाउँपालिका–१ बर्रोहियामा बुधबार बिहान करिब २ बजे भएको दुर्घटनामा मायादेवी गाउँपालिका–६ डुम्राका २५ वर्षीय ओसामा मोहम्मद मुसलमानको मृत्यु भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार तौलिहवाबाट भैरहवातर्फ जाँदै गरेको लु १८ प ८७६९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको लु प्र ०१–००१ ख नम्बरको ट्रकले ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका चालक मुसलमानलाई उपचारका लागि कपिलवस्तु अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार