प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै अनशन बसे निकोलस भुसाल

२०८२ पुष ९, बुधबार

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा माग्दै डा. निकोलस भुसालले आमरण अनशन थालेका छन् ।

गएराति १० बजेदेखि उनले माइतीघरमा सडकमा अनशन सुरू गरेका हुन् । जेन-जी आन्दोलनले उठाएका माग पूरा नगरेको भन्दै उनले ९ बुँदे माग अघि सारेका छन् ।

कार्की नेतृत्वको अन्तरिम सरकार हटाएर सर्वपक्षीय सरकार बनाउनुपर्ने लगायतका माग राखेर मिराज ढुंगाना, रविकिरण हमाल, भुसालसहितका युवा ३ दिनदेखि माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार