सबै नयाँ शक्तिहरु मिलेर अघि बढ्नुपर्छ : मन्त्री घिसिङ

२०८२ पुष ९, बुधबार

काठमाडौं : ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङले चुनावपछिको सरकारको नेतृत्व नयाँ दलले गर्नुपर्ने भएकाले त्यहीअनुसार मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।

उनले सिंहदरबारमा बुधबार गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिने क्रममा उनले भने, “चुनाव यो सरकारको मुख्य कार्यभार हो । चुनावमा जाने भनेपछि सबै नयाँ शक्तिहरु मिल्नुपर्छ भन्नेमा हामी एक छौँ । मेरो भनाइ पनि त्यही हो ।”

तर उनले अहिलेको परिवर्तन संस्थागत गर्न सक्ने व्यक्तिलाई अघि सारेर सबैले योगदान पुर्‍याउनुपर्ने बताए ।

उनले भने, “आगामी चुनावपछिको नेतृत्व सही आउनका लागि सबैले आ आफ्नो क्षेत्रबाट जुनसुकै परिस्थितिमा पनि योगदान पुर्‍याउनुपर्छ । जस्तोसुकै किसिमको योगदान पुर्‍याउन पछि हट्नुहुँदैन । आफैं ठिक भनेरमात्रै पनि हुँदैन । सबै एक भएर जानुपर्छ । को–को कसरी हो नयाँ शक्तिहरु सबै मिल्नुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार