हाम्रा भोलुन्टियर्समा लागू पदार्थको वासना आएन : ओली

२०८२ पुष १०, बिहीबार

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका भोलुन्टियर्सहरुले ६ दिन लामो महाधिवेशनमा लागूपदार्थ सेवन नगरेको बताए ।

स्वयम् सेवकलाई धन्यवाद दिन बिहीबार आयोजित एक कार्यक्रममा ओलीले भने- अरु पार्टीका कार्यक्रममा मारमार हुन्थ्यो होला, के के तानेर के के हुन्थ्यो होला, हाम्रा भोल्युन्टर्समा कुनै प्रकारको कुलत भेटिएन ।’

ओलीले कसैको छेउमा पुग्दा पनि खैनी गनाएको भेटिएन भन्दै स्वयम् सेवको प्रशंसा गरे ।

उनले भने, ‘खैनी भन्ने चिज ओठमा लुकाए पनि परपरै थाहा हुन्छ । कसैको छेउमा पुग्दा पनि सिग्रेटको बासना खैनी सुर्तीको आएन । अन्य तरल पदार्थ, लागू पदार्थको वासना आएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार