काठमाडौं : धरान उपहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेनसँग भेट नगर्ने बताएका छन्।
बालेनले गोपी हमालदेखि हर्क साम्पाङसम्म मिलाउने काम आफूले गर्ने बताएपछि साम्पाङले यसमा आफू सामेल नहुने स्पष्ट पारेका हुन्।
शुक्रबार बिहानै उनले बालेनको नाम नलिईकन फेसबुकमा लेखेका छन्, ‘मिडिया ट्रायल गर्न छोड ! जेनजीलाई दुरुपयोग गर्ने र लुकेर देश खरानी बनाउने गेमरसँग हर्क साम्पाङ भेट्दैन। अफवाह फैलाउन छोड !’
राजनीतिक भेटघाटमा सक्रिय बालेनले हिजो एकै दिन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, रास्वपाका सभापति रवि लामिछाने, ऊर्जामन्त्री कुलमान घिसिङलगायतसँग भेटवार्ता गरेका छन् । उनले जेनजीको जिम्मा रक्षा बमलाई दिँदै आफूले गोपी हमालदेखि हर्कसम्म सबैलाई मिलाउने बताएका थिए ।






