काठमाडौं : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र पुरानो निरर्थक बहस भएको भन्दै आफ्नो धारणा राखेका छन् ।
उनले नेपाललाई समेत बंगलादेशजस्तै बनाउन हिँडेकाहरु असफल हुँदै गएपछि पुराना पार्टीलाई हराउन नयाँहरु मिल्नुपर्छ भन्ने धारणा अघि सार्न खोजिरहेको बताएका छन् ।
उनले पुरानो र नयाँ भन्नुको कुनै अर्थ नहुने टिप्पणी गरेका छन् । बरु, त्यहाँ एजेण्डा र गन्तव्यको विशेष अर्थ र महत्व हुने उनको भनाई छ । नीतिविहिन र एजेण्डाविहिनहरुलाई नयाँको पकडी गुथाउँदैमा राजनीतिक विकल्प तयार हुन्छ भन्नु भ्रममात्र भएको उनको दाबी छ ।






