तेह्रथुमको सिडिओमा बन्दना राई

२०८२ पुष १२, शनिबार

काठमाडौं : गृह मन्त्रलायले तेह्रथुमको प्रमुख जिल्ला अधिकारीमा उपसचिव बन्दना राईलाई खटाएको छ।

तेह्रथुममा कार्यरत प्रकाशचन्द्र अधिकारीलाई मन्त्रालयमा जिम्मेवारी दिएर मन्त्रालयमा कार्यरत राईलाई सिडिओको जिम्मेवारी दिइएको हो। उपसचिव राई लामो समयदेखि मन्त्रालयको सीमा तथा अध्यागमन प्रशासन शाखामा कार्यरत थिइन्। सिडिओको अवधि पुग्न लागेकाले हेरफेर गरिएको गृह मन्त्रालयले जनाएको छ।

गृहले शुक्रबार मात्र अन्य १२ जिल्लामा नयाँ सिडिओ पठाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार