राजनीतिमा बाहिरी चुनौती बढिरहेको छ : योगेश भट्टराई

२०८२ पुष १३, आईतवार

काठमाडौँ : नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौती बढिरहेको बताएका छन् । आन्तरिक एकता बलियो बनाएर चुनौतीको सामना गर्नुपर्ने उनले बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका भट्टराईले भनेका छन्, ‘बाह्य चुनौती बढिरहेको छ । जसको सामना गर्नै पर्छ, भागेर लुकेर हुनेवाला छैन । आन्तरिक एकता बलियो बनाऔँ । राष्ट्र र जनताका एजेन्डा बोकौँ ।’ उनले अगाडि बनेका छन्, ‘विगतका कमजोरीप्रति आत्मालोचित होऔँ । विनम्र बनौँ । कार्यशैली सुधार गरौँ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन साहबीच सातबुँदे सम्झौता भएको केही घण्टापछि एमाले उपमहासचिव भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

उनको फेसबुक स्ट्याटसमाथि कमेन्ट गर्नेहरूले भट्टराईको प्रतिक्रिया सातबुँदे सम्झौताप्रति नै लक्षित रहेको जनाएका छन् ।

आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएसँगै नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौती थपिएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार