सात सचिवको सरुवा, को कहाँ ?

२०८२ पुष १४, सोमबार

काठमाडौं : सरकारले गृह सचिवसहित ७ सचिवको सरुवा गरेको छ ।

पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई लोक सेवा आयोगमा सरुवा गर्दै, गृह सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई सरुवा गरिएको छ । लोक सेवा आयोगका सचिव किरणराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव डा. कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने उनको स्थानमा राष्ट्रपति कार्यालयका सचिव दिपक काफ्लेलाई ल्याइएको छ ।

युवा तथा खेलकुद सचिव डा। हरि लम्साललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । उनको ठाउँमा उपराष्ट्रपति कार्यालयका लोकनाथ पौडेललाई ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार