निर्वाचनको प्रचार दैनिक १२ घण्टाभन्दा बढी गर्न नपाइने

२०८२ पुष १६, बुधबार

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार दैनिक १२ घण्टाभन्दा बढी गर्न नपाइने भएको छ ।

निर्वाचन आयोगले हालै स्वीकृत गरेको ‘निर्वाचन आचारसंहिता, २०८२’ मा दल तथा उमेदवारको प्रचारप्रसार दैनिक १२ घण्टाभन्दा बढी गर्न नपाउने व्यवस्था गरेको हो ।

“जुलुस, आमसभा, कोणसभा, भेला वा प्रचारप्रसारका कार्यक्रम गर्दा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्नेछ,” आचारसंहिता अन्तर्गत राजनीतिक दल, उमेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्नेछ । आचारसंहितामा उमेदवार र उसको परिवारका सदस्यको घर नजिक गई विरोध गर्न नहुने जनाइएको छ ।

स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा वा भेला गर्न पाइने छैन । “जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने र कसैको घरको आसपासमा गई निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न पाइने छैन,” आचारसंहितामा स्पष्ट भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार