तपाईंको आजको राशिफल : आज मिति २०८२ साल पौष १७ गते बिहीबार

२०८२ पुष १७, बिहीबार

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ लगानी लगाउन सञ्चित रकम खर्च गर्नुपर्ला। आफन्तहरू मध्य रमाइलो समय व्यतीत हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। कुनै सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अपरिचित व्यक्तिले आर्थिक प्रलोभन दिएर झुक्याउन सक्ला सावधान रहनुहोस्। चुनौती पन्छाउँदै आफ्नो काममा लगनशील रहनुहोस्। स्वास्थ्यलाई लिएर खानपिनमा सजगता अपनाउनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) चिताएको कार्य समयमा पूरा हुनाले मन ढुक्क रहनेछ। स्वास्थ्यले साथ दिनेछ। आर्थिक पक्षमा पिताको सहयोग मिल्नेछ। आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ काम थाल्नु अघि राम्ररी विचार पुर्‍याउनुहोला। श्रम अनुसार उचित मूल्य प्राप्त नहुनाले मन निराश रहनेछ। गर्दै आएको कामलाई नै निरन्तरता दिनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कमी कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। व्यापार बढ्नाले आर्थिक पक्षमा स्थिरता आउनेछ। समस्या दर्शाउँदा सहयोगीहरूको साथ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लगनशीलताले सबैको मन जित्न सकिनेछ। कार्यक्षेत्रमा समयमा कार्य सम्पादन गर्न नसकिएला। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द मिल्ला। व्यापार व्यवसायमा पहिला गरेको लगानीबाट लाभ उठाउने समय रहेको छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् भने व्यापार व्यवसायमा लाभ रहनेछ। विशेष उपलब्धिको लागि संघर्ष धेरै गर्नुपर्ला। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभचिन्तकहरूको साथ जुट्नाले चुनौतीहरू पन्छ्याउँदै अगाडि बढ्न सकिनेछ। धार्मिक क्रियाकलापमा रुचि बढ्नेछ। नोकरी वा पेशामा नयाँ जिम्मेवारी बहन गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामान्य कामलाई पनि धन वा श्रम धेरै खर्च गर्नुपर्ला। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आर्थिक लाभका नयाँ योजनाहरू कोरिनेछन्। रोकिएको कार्यले गति लिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शैक्षिक क्षेत्र फराकिलो हुनाले विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। प्रेमीद्वारा उपहार प्राप्त होला। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पराक्रममा वृद्धि हुनेछ। व्यापार व्यवसायमा आफन्तहरूको सहयोगले मनोबल उच्च रहनेछ। अरुको भरपर्दा धोखा पाइएला सावधान रहनुहोला। विपरित परिस्थिति लाई आफ्नो अनुकूल बनाउन सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार