सर्लाहीमा वन संरक्षकको बीभत्स हत्या

२०८२ पुष २०, आईतवार

काठमाडौं : सर्लाहीको सागरनाथ वन विकास परियोजनामा कार्यरत वन संरक्षकको हत्या भएको छ ।

वन संरक्षक रामेश्वर महतोको बन्चरोले घाँटी छिनाइ बीभत्स रूपमा हत्या गरेर फालिएको अवस्थामा शव भेटिएको हो । शनिबार बिहान ५ बजे नै जंगलमा रुख काटिएको आवाज आएपछि उनी साइकल लिएर निस्किएका थिए । त्यसपछि सम्पर्कविहीन भएका महतोको दिनभर परियोजनाका कर्मचारी तथा सशस्त्र प्रहरी सागरनाथ बेसको संयुक्त टोलीले खोजी गर्दा उनको शव भेटिएको हो ।

गाउँबाट करिब २ सय मिटर भित्र झाडीमा उनको हत्या गरिएको अवस्थामा शवव भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार