देउवाले आफू निकट शीर्ष नेताको बैठक बोलाए

२०८२ पुष २०, आईतवार

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरुलाई बैठकका लागि बोलाएका छन् ।

सभापति देउवा निवास महाराजगञ्जमा छलफल गर्ने गरी आफू निकटका वर्तमान र पूर्व पदाधिकारीहरुलाई बोलाएका हुन् । देउवा निकट एक पूर्व पदाधिकारी अनुसार दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा पार्टीभित्रको विवादका विषयमा छलफल हुनेछ ।

विशेष महाधिवेशन गर्ने एक पक्षको तयारी र विशेष महाधिवेशन हुन नसक्ने संस्थापनको अडानले पार्टीभित्र विवाद छ ।

कार्यसम्पादन समितिले चुनावपछि नियमित महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विधान अनुसार माग भएको विशेष महाधिवेशन हुनुपर्ने अडानसहित तयारी गरिरहेका छन् ।

कार्यसम्पादन समितिले वैशाख २८ देखि ३१ गतेसम्म १५ औं महाधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ । विशेष महाधिवेशन पक्षधर भने यही महिनाको अन्तिम साता विशेष महाधिवेशन गराउने पक्षमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार