भक्तपुर २ मा एमालेबाट महेश बस्नेत एकल सिफारिस

२०८२ पुष २१, सोमबार

काठमाडौँ : नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर–२ बाट सचिव महेश बस्नेतको नाम एकल सिफारिस गरेको छ ।

आइतबार राति सम्पन्न बैठकले बस्नेतलाई सर्वसम्मत सिफारिस गरेको हो । भक्तपुर २ मा एमालेबाट राजेन्द्र राजथला र अनिल श्रेष्ठ पनि दाबेदार थिए । तर उनीहरुले आफ्नो दाबेदारी फिर्ता लिएपछि बस्नेतको नाम सर्वसम्मत सिफारिस भएको हो ।

बस्नेतले आफूलाई सर्वसम्मत एकल उम्मेदवार सिफारिस प्रक्रिया सहज बनाउन दाबेदारी फिर्ता लिएकोमा राजथला र श्रेष्ठलाई फेसबुकमार्फत् धन्यवाद दिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार