काठमाडौँ : पूर्वपरराष्ट्रमन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेकी छिन् ।
सोमबार दिउँसो सवा २ बजे नेपाल एयरलाइन्सको विमानमार्फत् आरजु दिल्ली प्रस्थान गरेकी हुन् । आरजु दिल्ली गएको सुरक्षा स्रोतले पुष्टि गर्यो ।
कांग्रेस स्रोतका अनुसार उनी स्वास्थ्य परीक्षणका लागि दिल्ली गएकी हुन् । उनले एपोलो अस्पतालमा उपचार गराउँदै आएकी छन् ।





