कांग्रेस केन्द्रीय कार्यालयमा भएको प्रदर्शनप्रति ध्यानाकर्षण

२०८२ पुष २३, बुधबार

काठमाडौँ : नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले पार्टी केन्द्रीय कार्यालयमा आज गरिएको प्रदर्शनप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

कार्यालय परिसरमा पार्टीका नेता विमलेन्द्र निधिलाई लक्षित गरी केही कार्यकर्ताले गरेको होहल्ला र नाराबाजीप्रति ध्यानाकर्षण भएको उनीहरुले बताएका छन् । कांग्रेसको विशेष महाधिवेशन पक्षका केही नेताहरुले मंगलबार पत्रकार सम्मेलन गरी विशेष महाधिवेशनलाई बदनाम गर्ने उद्देश्यले उक्त घटनालाई अतिरञ्जित रूपमा प्रस्तुत गरिएको हुनसक्ने धारणा सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, महाधिवेशन प्रतिनिधिहरु मनोजमणि आचार्य, सुवास पोखरेल र कुशुमदेवी थापा, लोकतान्त्रिक अपाङ्ग सङ्घका अध्यक्ष माधव चौलागाईलगायतले सो घटनाको सत्य–तथ्य पत्ता लगाउन निष्पक्ष छानबिन गर्नुपर्ने माग गरे । साथै उनीहरुले विशेष महाधिवेशनका सन्दर्भमा यसअघि बुझाएका पत्र तथा स्मरणपत्रहरू पुनः स्मरण गराउँदै आजै विशेष महाधिवेशन पक्षधरको उपस्थितिमा सम्पन्न बैठकबाट विभिन्न १८ समिति तथा उपसमिति गठन गरिएको जानकारी गराए ।

उनीहरुले विशेष महाधिवेशनका सन्दर्भमा जिम्मेवार पदमा रहेका केही नेताबाट अतिरञ्जित तथा गैरजिम्मेवार अभिव्यक्ति प्रकट भएको भन्दै आपत्ति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार