काठमाडौं : नेकपा (एमाले)ले राष्ट्रियसभा उमेदवार टुंगो लगाएको छ ।
मधेस प्रदेशबाहेक अन्य प्रदेशमा एमालेले राष्ट्रियसभा उमेदवार टुंगो लगाएको हो । एमालेले कोसी प्रदेशमा रोशनी मेचे, वाग्मतीमा प्रेम दंगाल, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनी प्रदेशमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिम प्रदेशमा लिला भण्डारीलाई उमेदवार बनाउने भएको छ ।
“मधेस प्रदेशमा भने उमेदवार टुंगो लाग्न बाँकी छ,” एमाले सचिव महेश बस्नेतले भने ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उमेदवारहरूको मनोनयन हुँदै छ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उमेदवारी दर्ताको कार्यतालिका छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।





