भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

२०८२ पुष २४, बिहीबार

कर्णाली : बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भेरीगङ्गा नगरपालिका–५ सुर्खेत गेरवानी निवासी ५७ वर्षीय गङ्गा सारु रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए । मृतक सारुका श्रीमान नरबहादुर सारुका अनुसार गङ्गा सारु मङ्गलबार बिहान ८ बजे कसैलाई घरबाट जानकारी नदिइ बाहिर निस्केकी थिइन् ।

बुधबार बिहान ९ बजेको समयमा सारुको दुई नातिनीले घरदेखि १०० मिटर उत्तर सालघारीमा बाख्रालाई घाँस काट्न गएको अवस्थामा सारुले लगाएका कपडा चप्पलसहित सोही स्थानमा रगत देखेको र करिब ६०० मिटर पूर्वतर्फ महिलाको टाउको भेटिएको भनी १०ः३० बजे अस्थायी प्रहरी पोष्ट बबई सुर्खेतमा जानकारी गराएका थिए ।

उक्त जानकारीपश्चात् प्रहरी, नेपाली सेनाको टोली, वनका कर्मचारी र स्थानीय जनप्रतिनिधिसहितको २०÷२५ जनाको टोली खटिएको थियो ।खोजतलासका क्रममा महिलाको टाउको फेला परेको स्थानबाट करिब ३०० मिटर पश्चिमतर्फ महिलाको शरीरका अन्य भाग फेला परेको प्रहरी उपरीक्षक शाहीले बताए ।

उनका अनुसार बाघले महिलाको बायाँ खुट्टा, हात र कम्मरको भागको मासु पूर्ण रूपमा खाएको अवस्थामा शरीर फेला परेको थियो । त्यसैगरी, सुर्खेत प्रहरीले आजै लेकबेंसी नगरपालिका–९ सुर्खेतका ३८ वर्षीय धनबहादुर रावतलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार