प्रदेश लोक सेवा आयोगका अध्यक्ष र सदस्यको शपथ

२०८२ पुष २५, शुक्रबार

रुपन्देही : लुम्बिनी प्रदेश लोक सेवा आयोगका नवनियुक्त अध्यक्ष र सदस्यले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नवनियुक्त अध्यक्ष हरिप्रसाद बस्यालले आज प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीको उपस्थितिमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारीसमक्ष शपथ ग्रहण गरेका छन् ।

यसलगत्तै यस्तै नवनियुक्त सदस्य ताराप्रसाद भुसालले नवनियुक्त लोक सेवा आयोगका अध्यक्ष हरिप्रसाद बस्यालसमक्ष शपथ ग्रहण गर्नुभएको हो । शपथ ग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, सभामुख तुलाराम घर्तीमगर, मुख्य न्यायाधिवक्ता यमलाल खनालको उपस्थिति थियो ।

नेपालको संविधानको धारा २४४ तथा प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ३ बमोजिम नियुक्त आयोगका अध्यक्षले दफा ७ अनुसार कार्यभार सम्हाल्नु अघि प्रदेश प्रमुखको उपस्थितिमा उच्च अदालतका मुख्य न्यायाधीश समक्ष शपथ ग्रहण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार नवनियुक्त अध्यक्ष बस्यालले शपथ ग्रहण गरेका हुन् ।

यस्तै प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ७ बमोजिम आयोगका सदस्यले अध्यक्ष समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने प्रावधान छ । सोही अनुसार नवनियुक्त सदस्य तारा प्रसाद भुसाललाई अध्यक्ष बस्यालले पद तथा गोपनीयताको शपथ गराएका छन् । नव नियुक्त अध्यक्ष बस्याल पाल्पा र सदस्य भुसाल अर्घाखाँची निवासी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार