प्रहरीका १६ जना डीएसपी एसपीमा बढुवा सिफारिस

२०८२ पुष २८, सोमबार

काठमाडौँ : नेपाल प्रहरीका १६ जना डीएसपीलाई (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

आज बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको हो । प्रहरी प्रधान कार्यालयका अनुसार पहिलो नम्बरमा डीएसपी पुष्पराज मल्ल सिफारिस भएका छन् ।

त्यस्तै धर्मराज भण्डारी, रबिन श्रेष्ठ, दीलिपकुमार गिरी, कुमार विक्रम थापा, बुद्ध श्रेष्ठ, मानबहादुर राई, मोहनबहादुर खाण, श्यामु अर्याल, भरत लामा, सागर बोहरा, रामकुमार दानी, छेदीलाल कामती, हरिबहादुर ओली, प्रदीपकुमार सिंह र दिपक भारतीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार