ओलीसँग भिड्ने तयारीमा बालेन, माघ ४ गते राजीनामा दिने तयारी

२०८२ पुष २९, मंगलवार

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह २१ फागुनको निर्वाचनमा झापा झर्ने भएका छन् ।

उनी एमालेअ अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिष्पर्धा गर्नेगरि अघि बढेका छन् । त्यसको लागि आगामी माघ ४ गते मेयर पदबाट राजीनामा दिने भएका छन् । बालेन रवि लामिछाने नेतृत्वको रास्वपामा प्रवेश गरेका छन् ।

उनी रास्वपामा रविपछिको वरियतामा छन् । बालेनले झापाबाट ओलीसँगै चुनावी प्रतिष्पर्धा गर्नेगरि तयारी छलफल र भेटवार्ता गरेका छन् । कतिपयले बालेनलाई काठमाडौं उपत्यकाबाटै चुनावी प्रतिष्पर्धा गर्न सुझाएका छन् । तर, ठूला नेताहरुलाई पराजित गर्नको लागि पनि आफुहरु मैदानमा उत्रिनुपर्ने पक्षमा बालेन उभिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार