संस्थापन पक्षका नेता वार्ता सकेर देउवा भेट्न महाराजगञ्जमा

२०८२ पुष २९, मंगलवार

काठमाडौँ : नेपाली काँग्रेसमा देखिएको विवाद समाधानका लागि भएको त्रिपक्षीय बैठकमा सहभागी नेताहरू सभापति शेरबहादुर देउवा भेट्न महाराजगञ्ज पुगेका छन् ।

पहिलो चरणको वार्ता बिनानिष्कर्ष दिउँसो बस्ने गरी सकिएपछि संस्थापन पक्षका नेताहरू सभापति देउवालाई भेट्न महाराजगञ्ज पुगेका हुन् ।

वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी भएका थिए भने सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाँण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी भएका थिए ।

पार्टीभित्र एक पक्षले विशेष महाधिवेशन आह्वान गरेर जारी राखेको छ भने अर्को पक्षले विशेष महाधिवेशनलाई स्वीकार्न तयार भएको छैन । पार्टीमा सहमति खोज्नका लागि बिहान तीन पक्षका नेताहरू संवादमा जुटेका थिए ।

वार्तामा विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशन आह्वान गर्नुको कारणबारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार