काँग्रेसले सभापतिको उम्मेदवार बन्न ३० हजार शुल्क तोक्यो

२०८२ पुष २९, मंगलवार

काठमाडौँ : नेपाली कांग्रेसको विशेष महाधिवेशनमा निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।जसअनुसार मंगलबार बेलुका ९ बजेदेखि भोलि बिहान १ बजेसम्म मतदानको कार्यक्रम तय भएको छ।

भृकुटीमण्डपमा बन्द सत्रमा अहिले मनोनयन दर्ताको फाराम वितरण तयारी भइरहेको छ। मतदाता नामावली प्रकाशन भएको छ।मनोनयन दर्ताका लागि २ देखि ३ बजेसम्मको समय दिएको छ।साढे ४ बजे उम्मेदवारको नामावली प्रकाशन गर्नेछ।निर्वाचनले पदाधिकारी र केन्द्रीय समिति चयन गर्नेछ।

पदाधिकारी र केन्द्रीय सदस्यमा मनोनयन दर्ताका लागि निर्वाचन समितिले शुल्क निर्धारण गरेको छ।जसअनुसार सभापतिमा उम्मेदवारी दिन ३० हजार रूपैयाँ शुल्क तोकिएको छ।केन्द्रीय उपसभापति र महामन्त्रीका लागि समान २५ हजार रूपैयाँ शुल्क निर्धारण भएको छ।

त्यस्तै सहमहामन्त्री पदका लागि २० हजार रूपैयाँ शुल्क तोकिएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए । केन्द्रीय सदस्य पदका लागि भने १० हजार रूपैयाँ शुल्क तोकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार