छतबाट खसेर वृद्धाको मृत्यु

२०८२ माघ ३, शनिबार

बाजुरा : बडीमालिका नगरपालिकामा एक जनाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका–९ गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको हो । शुक्रबार साँझ उनी आफ्नै घरको छतबाट खस्नुभएको हो । छिमेकीले उद्धार गरी उनलाई जिल्ला अस्पताल पुर्याएका थिए ।

चिकित्सकले उनलाई मृत्यु घोषणा गरेका थिए । शवपरीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार