बालेनले आज मेयरबाट राजीनामा दिँदै

२०८२ माघ ४, आईतवार

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट राजीनामा दिने तयारी गरेका छन्।

मेयर बालेनले  आज राजीनामा दिने तयारी रहेको उनको सचिवालयले जनाएको छ। मेयर बालेनले उपमेयर सुनिता डंगोललाई राजीनामा बुझाउनेछन्। वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका मेयर शाहले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नु दुई दिनअघि मेयर पदबाट राजीनामा दिन लागेका हुन्।

निर्वाचन आयोगको कार्यतालिका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन माघ ६ गते तोकिएको छ। मेयरबाट राजीनामा दिएपछि मेयर बालेन भोलि (सोमबार) पार्टी सभापति रवि लामिछानेसँगै जनकपुर जाने कार्यक्रम तय भएको छ।

जनकपुरमा  पार्टी प्रदेश कमिटीले जनकपुरमा विस्तारित भेला राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार