काठमाडौं : विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट सम्पन्न भएको छ ।
बिक्री प्रबन्धक एनएमबी क्यापिटलले कम्पनीको एफपीओ आज बिहान बाँडफाँट सम्पन्न गरेको हो । कम्पनीको एफपीओमा कुल २१ लाख ९९ हजार २६ आवेदन परेको क्यापिटलले जनाएको छ । जसमा २१ लाख ९६ हजार ३६ आवेदन सदर भएको छ भने बाँकीको आवेदन बदर भएको छ ।
सदर आवेदक मध्ये ४६ हजार ६८१ जनाले १०/१० कित्ताका दरले सेयर हात पारेका छन् भने सोहीमध्येका ७ जनाले थप १/१ कित्ता गरी ११ कित्ता सेयर पाएका छन्।
कम्पनीले गत पुस २१ गतेदेखि २४ गतेसम्म एफपीओ निष्काशन गरेको थियो ।





