कुखुरा बोकेको गाडी दुर्घटना हुँदा सहचालकको मृत्यु

२०८२ माघ ८, बिहीबार

काठमाडौँ : हेटौँडाबाट काठमाडौँ गइरहेको कुखुरा बोकेको बोलेरो गाडी दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । चालकसहित २ जना घाइतेको काठमाडौँमा उपचार जारी छ ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ गइरहेको मधेस प्रदेश ०३–००१ च ६७२१ नम्बरको बोलेरो गाडी आज बिहान दुर्घटना हुँदा सर्लाहीको वरथवा नगरपालिका–१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको हो । दुर्घटनामा सर्लाहीको वरथवा नगरपालिका–१ का २५ वर्षीय रामवली साह र १६ वर्षीय छोटे पासवानको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बोलेरोमा रहेका ५ सय कुखुरामध्ये ३ सय कुखुरा पनि मरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार