काठमाडौं : काठमाडौंको नागार्जुनमा भएको दुर्घटनामा नेपाली सेनाका सिपाहीको मृत्यु भएको छ।
मंगलबार बेलुका सवा ८ बजे नागार्जुन नगरपालिका–८ फस्कुमा दुईवटा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा २५ वर्षीय भीमराज तामाङको मृत्यु भएको हो।
सीतापाइलाबाट रामकोट जाँदै गरेको बा प्र ०२–०५४ प ०५५७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०२– ००३ प ६७१६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो। तामाङ बा प्र ०२–०५४ प ०५५७ नम्बरको मोटरसाइकलमा सवार थिए। उपचारका लागि मनमोहन अस्पताल लगिएका उनको त्यहाँ मृत्यु भएको हो।
अर्को मोटरसाइकलका चालक सर्लाही घर भएका २२ वर्षीय युवराज ठाकुर सामान्य घाइते छन्।





