प्रचण्डले ऐतिहासिक अवसरहरु पटक पटक गुमाए : बास्कोटा

२०८२ माघ १९, सोमबार

काठमाडौँ : नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ऐतिहासिक अवसरहरू पटकपटक गुमाएको टिप्पणी गरेका छन्।

सोमबार सामाजिक सञ्जालमा बास्कोटाले अब प्रचण्डको लागि चुनाव रोक्नु वा अन्तिमपल्ट आफ्ना दुईचार जनाको लागि भए पनि आकस्मिक वाम अंकमाल मात्र विकल्प रहेको दाबी गरेका छन्।

प्रचण्डले आइतबार भिडिओ सन्देश जारी गर्दै आफू पुराना नेताहरूको भिडमा रहे पनि सत्ताको लोभमा नरहेको बताएका थिए। प्रचण्डको उक्त अभिव्यक्तिको विरोध गर्दै बास्कोटाले प्रचण्डप्रति कटाक्ष गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार