रवि लामिछानेको राहदानी मुद्दामा आज सुनुवाइ हुँदै

२०८२ माघ १९, सोमबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिट निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

उक्त रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेशी चढेको हो।

तत्कालीन महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले २०७९ चैत ६ गते लामिछानेविरुद्ध उठेको राहदानी विवादमा मुद्दा नचलाउने निर्णय गरेका थिए। सो निर्णयलाई गैरकानुनी र अधिकार क्षेत्रभन्दा बाहिरको भन्दै सिन्धुलीका युवराज पौडेल (सफल) ले २०७९ चैत २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

महान्यायाधिवक्ताको कार्यालय, तत्कालीन महान्यायाधिवक्ता डा. पोखरेल, जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग, नेपाल प्रहरी मुख्यालय, निर्वाचन आयोग तथा सभापति रवि लामिछानेसमेतलाई विपक्षी बनाएर दायर गरिएको उक्त रिटको दर्ता नम्बर ०७९–डब्ल्युओ–१०८७ रहेको छ।

रिट निवेदनमा महान्यायाधिवक्ताले अभियोजन नगर्ने निर्णय गर्दा कानुनी प्रक्रिया, प्रमाण र संवैधानिक मापदण्डको उचित पालना नगरेको जिकिर गरिएको छ। साथै, राहदानी जस्तो संवेदनशील विषयमा उच्च पदस्थ व्यक्तिलाई विशेष व्यवहार गरिएको आशंका समेत निवेदनमा उठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार