ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, ११ जना घाइते

२०८२ माघ २०, मंगलवार

झापा : यहाँको गौरादह नगरपालिका—४ मा सोमबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

गौरादहबाट स्कुलचनतर्फ जाँदै गरेको प्र न १–०१–००१ त ९७२० नम्बरको ट्र्याक्टर अनियन्त्रित भई गौरादह–४ स्थित रामचन्द्रे खोलाको पुलबाट खोलामा खसको थियो । दुर्घटनामा मोरङ रतुवामाई नगरपालिका–८ की ३८ वर्षीया स्वस्तिका मर्डीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि निम्स अस्पताल दमक पु¥याइएकामा चिकित्सकले मृत घोषित गरेको उनले बताए । दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेहरूको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ ।

घाइतेको पहिचान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार