काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यात्रीले नै जहाज उडाउने दाबी गर्नु असान्दर्भिक मात्र नभई जोखिमपूर्ण हुने बताएका छन् ।
उनले यो टिप्पणी झापा ५ बाट आफूसँग प्रतिस्पर्धामा रहेका काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहलाई लक्षित गर्दै गरेका हुन् । पार्टीको झापा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै ओलीले बालेनको नाम नलिई विभिन्न व्यक्तिहरूले आफूलाई प्रधानमन्त्री पदको उम्मेदवार भन्दै प्रचार गरेको उल्लेख गरे ।
अनुभवहीन तथा देश सञ्चालनको सोच नै नभएका व्यक्तिबाट मुलुक नचल्ने उनको भनाइ छ । ‘जहाजमा यात्रुको रूपमा बसेको व्यक्तिले ‘म त जहाज उडाउन सक्छु’ भनेर पाइलट सिटमा बस्छ भने के हुन्छ ?’ ओलीले प्रश्न गरे, ‘त्यस्तो जहाजमा कोही चढ्ला तरु झुक्किएर चढिहाले पनि यात्रुको अवस्था के होलारु त्यसैले अहिले सबैले सोचविचार गरेर निर्णय लिने समय आएको छ ।’





