मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा लाभ रहनेछ। आशा अनुरूप परिणाम मिल्नाले मन प्रसन्न रहनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। घरमा शुभ वा मांगलिक कार्य सम्पन्न होला। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साझेदारी व्यापारमा लाभ रहनेछ। रोजगारीका नयाँ अवसरहरू मिल्नेछन्। माननीयजनहरूबाट सहयोग पाइनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ३ रहेको छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) श्रम परे पनि कर्मयोगले भविष्यको बाटो निर्माण गर्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभचिन्तकहरूको सहयोग जुट्नाले कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ। आत्मबलमा वृद्धि हुनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कानुनी मुद्दा मामिला सुल्झिनेछ। व्यवहारिक पक्ष सबल रहनेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अनियन्त्रित खानपानले गर्दा स्वास्थ्य कमजोर बन्न सक्छ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दैनिक कार्य र जागिरको क्षेत्रमा सफलता मिल्नेछ। नगरी नहुने काममा बढी चासो दिनु पर्छ। प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिस्थितिले कार्यक्षेत्रमा अलमलिनुपर्ला। केही चुनौती पन्छ्याउँदै अगाडि बढ्ने समय रहेको छ। पछिको लागि नयाँ कामको जग बसाउने अवसर मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। गुरुजनहरूबाट सहयोगको सद्भाव पाइनेछ। पारिवारिक चिन्ताले मनमा अज्ञात भय रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति नहोला। कार्यक्षेत्रमा दोहोराएर कार्य गर्नुपर्ला। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। राजनीतिक क्षेत्रमा जनसमर्थन बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफन्त र मित्रहरूसँग स्नेहपूर्ण भेट होला। पारिवारिक सदस्यहरूसँग समझदारी र आत्मीयता झन् गहिरो हुँदै जानेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) समस्याको समाधान गर्न समय लाग्नेछ। रिस उठे पनि व्यक्त नगरेकै राम्रो हुनेछ। लामो दूरीको यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। व्यापार व्यवसायमा सन्तोषजनक परिणाम मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।









