काठमाडौं : शुक्रवार छापावाल सुनको मूल्य ३ हजार रूपैयाँले घटेको छ ।
बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ३ हजार रूपैयाँले घटेर ३ लाख ३ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय ४० रूपैयाँ कायम भएकोमा आज ३ सय ४० रूपैयाँले घटेर ५ हजार रूपैयाँ कायम भएको छ ।










